- आइसीसी टी-२० विश्वकपअन्तर्गत सबैभन्दा चर्चित प्रतिस्पर्धामा आज भारत र पाकिस्तान आमनेसामने हुँदैछन् ।
काठमाण्डौ, ०३ फाल्गुण । आइसीसी टी-२० विश्वकपअन्तर्गत सबैभन्दा चर्चित प्रतिस्पर्धामा आज भारत र पाकिस्तान आमनेसामने हुँदैछन् । कोलम्बोस्थित आर प्रेमदासा रंगशालामा हुने यो खेल नेपाली समय अनुसार साँझ ७: १५ बजेदेखि शुरु हुदैछ ।
समुह ए मा रहेका दुवै देशले आफ्ना शुरुका २-२ खेलमा जित हासिल गरेर शानदार शुरुवात गरेका छन् । रनरेटका आधारमा भारत शिर्ष स्थानमा छ भने पाकिस्तान दोस्रो स्थानमा रहेको छ ।
विश्वकप शुरु हुदा पाकिस्तानले भारतविरुद्ध नखेल्ने घोषणा गरेपनि पछि आइसीसीसँग भएको वार्तापछि खेल्ने निर्णय गरेको हो ।
भारत र पाकिस्तान टी-२० अन्तर्राष्ट्रिय खेलमा अहिले पटक १६ पटक आमने सामने भएका छन् । जसमा भारतले १३ पटक जित हासिल गरेको छ भने पाकिस्तानले ३ पटक जितेको छ ।
त्यस्तै दुवै देश टी-२० विश्वकपमा अहिलेसम्म ८ पटक खेलेका छन् जसमा भारत ७ पटक विजयी भएको छ भने पाकिस्तान एक पटक विजयी भएको छ । पाकिस्तानले एक मात्र खेल २०२१ को विश्वकपको समुह चरणमा जितेको थियो ।
यस खेलमा भारतका ओपनर अभिषेक शर्मा टिममा फर्किएपछि भारतलाई ठुलो राहत भएको छ । उनी अस्वस्थ हुदा नामिबियाविरुद्धको खेल गुमाएका थिए ।
त्यस्तै यस खेलमा पाकिस्तानका मिस्ट्री स्पिनर उस्मान तारिकको विशेष चर्चा रहेको छ । उनको बलिङ गर्ने एक्सनका कारण उनको यस विश्वकपमा भारतविरुद्ध कस्तो प्रदर्शन गर्छन भन्ने चर्चा रहेको छ ।
भारतको सम्भावित टिम: अभिषेक शर्मा, इशान किशन, तिलक वर्मा, सूर्यकुमार यादव (कप्तान), अक्षर पटेल, हार्दिक पाण्ड्या, शिवम दुबे, रिंकु सिंह, जसप्रित बुमराह, कुलदीप यादव र वरुण चक्रवर्ती ।
पाकिस्तानको सम्भावित टिम: साइम अयूब, साहिबजादा फरहान, सलमान आगा (कप्तान), बाबर आजम, उस्मान खान, शादाब खान, मोहम्मद नवाज, फहीम अशरफ, शाहिन शाह अफ्रिदी, उस्मान तारिक र अबरार अहमद ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।